scheduleशुक्रवार आश्विन ९ गते, २०७७

गाउँपालिका अगाडि प्रदर्शनमा उत्रेका आन्दोलनकारी र प्रहरीबीच झडप

फाइल फोटो

सिरहा, २३ मंसिर । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ६ जनाभन्दा बढी घाइते भएका छन् । गाउँपालिकाको हरहिसाब पारदर्शी गर्नुपर्ने माग गर्दै गाउँपालिका अगाडि प्रदर्शनमा उत्रेको आन्दोलनकारी र प्रहरीबीच आइतबार  झडप भएको हो ।

झडपका क्रममा लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ३ का अध्यक्ष राजेश्वर साह सुडीसहित ६ जना घाइते भएको प्रहरीले जनाएको छ । आन्दोलनमा उत्रेका आन्दोलनकारीले गाउँपालिकाको भवन अगाडि प्रदर्शन गर्नुका साथै कार्यालयमा तोडफोड गर्न थालेपछि भिडलाई नियन्त्रणमा लिन हस्तक्षेप गर्नुपरेको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीले जनाएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच सेल अश्रुग्याससमेत प्रहार गरेको छ । गाउँपालिकाको बजेट गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत मिलेर अनियमितता गरेको भन्दै सम्पूर्ण हरहिसाब पारदर्शी गर्नुपर्ने मागसहित स्थानीय आन्दोलनमा उत्रेका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय