scheduleशनिवार माघ ११ गते, २०७६

ललित चम्किँदा माल्दिभ्स ९४ रनमा रोकियो


काठमाडौं, २३ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको प्रतिस्पर्धामा माल्दिभ्सले नेपाललाई ९५ रनको सामान्य लक्ष्य दिएको छ ।

कास्य पदकको लागि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन जोडेको हो । माल्दिभ्सका लागि ओपनर मोहम्मद रिजवान र अहमिद हसनले ४.३ ओभरमा २२ रनको साझेदारी गरिरहेका बेला सुसन भारीले रिजवानलाई १७ रनमा बोल्ड आउट गरेर साझेदारी तोडे । रिजवानले १८ बलमा २ चौका र १ छक्का प्रहार गरेर खेलिरहेका थिए ।

छैटौं ओभरको तेस्रो बलमा ललितनारायण राजवंशीले अहमिदलाई ६ रनमा बोल्ड आउट गरे । उनले नै आठौं ओभरको पहिलो बलमा फजान फरहतलाई २ रनमा एलबी डब्लू आउट गरे । दुई बलपछि इब्राहिम हसन शून्यमा रन आउट भए ।

त्यसैगरी, नवौं ओभरको पहिलो बलमा विकेटकीपर मोहम्मद आजमलाई पारस खड्काले शून्यमा रन आउट गरे । लगतै अर्को बलमा पारसले उमर एडमलाई ११ रनमा बोल्ड आउट गरेपछि माल्दिभ्स ९४ रनमा रोकिएको हो ।

कप्तान मोहम्मद महफूज २३ बलमा २ चौका प्रहार गरेर खेलिरहेका थिए । ठूलो सर्ट खेल्ने धुनमा उनी ज्ञानेन्द्रबाट १६ रनमा क्याच आउट भए । अन्तिम ओभरको तेस्रो बलमा अमिल माउरुफ १३ रनमा रन आउट भए ।

उनले २४ बलमा १ चौका प्रहार गरे । लिम सफिग ११ बलमा २ चौका र १ छक्कासहित १९ रनमा नट आउट रहे ।

नेपालका लागि स्पिनर ललित नारायण राजवंशीले घातक बलिङ गर्दै ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिए । पारस खड्काले ४ ओभरमा १ मेडनसहित १८ रन खर्चेर १ विकेट लिए । सुसन भारीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय