scheduleमगलवार माघ ७ गते, २०७६

१३ औं साग : पुरुष क्रिकेटमा नेपालले जित्यो कास्य

काठमाडौं, २३ मंसिर । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले काश्य पदक हात पारेको छ । सोमबार बिहान त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा  भएको खेलमा माल्दिभ्सलाई ५ विकेटले पराजित गर्दै नेपाल कास्य  जित्न सफल भएको हो ।

उक्त खेलमा माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

आरिफ शेखले सर्वाधिक ३२ रन, कप्तान ज्ञानेन्द्र मल्लले २२ रन, बिनोद भण्डारीले १२ रन, रोहितकुमार पौडेल १५ रन, पवन सरार्फले १० रन, पारस खड्काले ३ रन र दिपेन्द्रसिंह ऐरीको २ रनमा नेपालले कास्य जितेको हो ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय