scheduleमगलवार माघ ७ गते, २०७६

फुटबलमा भारतलाई स्वर्ण, नेपाल २-० गोल अन्तरले पराजित

पोखरा, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा भारतले स्वर्ण पदक जितेको छ ।

सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपाललाई २-० गोलले हराउँदै भारतले स्वर्ण जितेको हो । फाइनलमा पराजित भएपछि स्वर्ण पदकको प्रमुख दाबेदार मानिएको नेपालले भने रजत पदकमा नै चित्त बुझाउनु परेको छ ।

स्वर्णका लागि आज भएको खेलमा भारतले सुरुदेखि नै अग्रता लिएको थियो । भारतका लागि पहिलो हाफको १८ औं मिनेटमा बाला देवीले पहिलो गोल गरेको थिइन् । देवीले ५५ औं मिनेटमा दोस्रो गोल गरेकी थिइन् ।

पहिलो हाफसम्म १-० ले पछि परेको नेपालले खेल अवधिभर गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । भारतसँग २-० गोल अन्तरले पराजित भएपछि स्वर्ण जित्ने नेपालको सपना अधुरो भएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय