scheduleमगलवार माघ ७ गते, २०७६

भारतसँग हारेपछि हरि खड्काले प्रशिक्षकबाट राजीनामा दिए

काठमाडौं, २३ मंसिर । नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् ।
साग अन्तर्गत सोमबार भएको फाइनलमा नेपाली टोली भारतसँग २-० ले पराजित भएसँगै खड्काले राजीनामाको घोषणा गरेका हुन् । पोखरामा भएको फाइनल हारसँगै नेपालले तेस्रो पटक रजतमा चित्त बुझाउनु परेको छ ।अघिल्लो सागमा समेत फाइनलमा नेपाल आयोजक भारतसँग २-१ ले पराजित भएको थियो ।नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान समेत रहेका खड्काले हारको सबै जिम्मेवारी आफुले लिदै राजीनामा दिएको निर्णय गरेको बताएका छन् ।

‘गोल्डको टार्गेट लिएर हिँडेको हुँ’, खेलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खड्काले भने, यो पुरा गर्न नसक्दा मैले नैतिकताका आधारमा मुख्य प्रशिक्षकबाट राजीनामा दिएको छु ।’

खड्काको प्रशिक्षणमा महिला टोलीले ओलम्पिक छनोटको पहिलो चरण पार गरेको थियो । मुख्य प्रशिक्षकबाट राजिनामा दिएपछि महिला फुटबलको प्रमुखका रुपमा भने आफुले काम गर्ने खड्काले बताए । उनलाई एन्फाले गत वर्ष महिला फुटबलको प्रमुख नियुक्त गरेको थियो ।उनको नेतृत्वमा नेपाली टोलीले ४ वटा फाइनल खेल्दा चारै पटक उप विजेता बनेको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय