scheduleसोमवार माघ १३ गते, २०७६

आफैंले चलाएको कार पोलमा ठोक्किँदा ग्लोबल आईएमईका शाखा प्रमुखको ज्यान गयो

कपिलवस्तु, २३ मंसिर । कार दुर्घटनामा परी ग्लोबल आइएमई बैंकका शाखा प्रमुखको ज्यान गएको छ ।

कार दुर्घटनामा ग्लोबल आईएमई बैंक कपिलवस्तु वनगाइका शाखा प्रमुख सुरेश पाण्डेको ज्यान गएको हो । बांणगंगा नगरपालिका-८ बोडगाउँ नजिकै पाण्डे आफैंले चलाएको बा ८ च ६३९० नम्बरको कार दुर्घटना भएको थियो ।

प्रहरीले दुर्घटनाबाट २९ वर्षीय पाण्डेको मृत्यु भएको जनाएको छ ।

दुर्घटनाग्रस्त कार पाण्डे आफैंले चलाएका थिए । तीव्रगतिमा गुडिरहेको कार अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय