scheduleबिहिवार माघ ९ गते, २०७६

रुसमाथि कडा प्रतिबन्धः ४ वर्षसम्म कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने

एजेन्सी, २३ मंसिर । वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा) ले रुसमाथि ४ वर्षको प्रतिबन्ध लगाएको छ ।

खेलाडीहरुले लागू औषध खाए/नखाएको विषयमा जाँचबुझ गर्ने वाडाले रुसमाथि ४ वर्षसम्म महत्वपूर्ण प्रतियोगिमामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध लगाएपछि रुसले कुनै पनि महत्वपूर्ण अन्तराष्ट्रिय खेल प्रतियोगितामा सहभागी हुन नपाउने भएको छ ।

वाडाको प्रतिबन्धसँगै सन् २०२० मा टोकियोमा हुने ओलम्पिक र सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलमा समेत रुसले सहभागिता जनाउन पाउने छैन ।

तर लागू औषध खाएर खेलेको आरोप नलागेका वा यस्तो विषयमा नमुछिएका रुसी खेलाडीले भने तटस्थरुपमा कुनै पनि खेल प्रतियोगितामा सहभागी हुने पाउने वाडाले जनाएको छ ।

स्विट्जरल्याण्डको लौसानेमा बसेको वाडाको कार्यकारी समितिको बैठकले रुसमाथि ४ वर्षसम्म प्रतिबन्ध लगाएको हो । गत जनवरीमा रुसको एन्टी डोपिङ एजेन्सीमाथि प्रयोगशालामा पठाइएको डाटालाई प्रभावित गर्न खोजेको आरोप लागेपछि वाडाले यस्ती निर्णय गरेको हो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय