scheduleशुक्रवार श्रावण २३ गते, २०७७

घटना विशेषका आधारमा कर्मचारी सरुवा बढुवा गर्नेगरी कानून बनाउनु हुँदैनः मन्त्री त्रिपाठी

काठमाडौं, २३ मंसिर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले घटना विशेषलाई लिएर कर्मचारी सरुवा तथा बढुवा गर्ने गरी विधेयक ल्याउन नहुने बताएका छन् ।

संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामाथि सोमबार राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल गर्दै मन्त्री त्रिपाठीले घटना विशेषलाई समावेश गरी विधेयक ल्याउन नहुने बताएका हुन् । उनले घटना विशेषलाई विधेयकमा राख्दा न्यायोचित व्यवस्था हुन नसक्ने बताएका थिए ।

मन्त्री त्रिपाठीले नयाँ विधेयकमा अहिले प्रचलनमा रहेको कर्मचारी समायोजन विधेयकलाई प्रतिस्थापन गर्ने व्यवस्था गरिनुपर्नेमा समेत जोड दिए । उनले यो विधेयक नहुँदा अहिले पनि १ सय १० पालिकाहरुमा प्रशासकीय प्रमुख नियुक्त गर्न कठिनाई भएको उल्लेख गर्दै विधेयक दिर्घकालीन सोंच सहित आउनुपर्ने बताए ।

उनले विधेयकमा सामूहिक राजिनामा आउने अवस्थाको अन्त्य हुनुपर्ने गरी व्यवस्था गर्नुपर्ने समेत बताएका छन् । उनले सामूहिक राजिनामा विरोधका लागि मात्र आउने भएकाले त्यसलाई स्वीकृत गरियो भने अवस्था गम्भीर हुने तर्फ समेत सोच्नुपर्ने बताएका थिए ।

मन्त्री त्रिपाठीको कुरा भिडियोमाः

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय