scheduleबिहिवार श्रावण २९ गते, २०७७

नेपालको स्वर्ण संख्या ४७ पुग्यो, भुपेन्द्रलाई बक्सिङमा ‘गोल्ड मेडल’

काठमाडौं, २३ मंसिर । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली बक्सर भुपेन्द्र थापाले स्वर्ण जितेका छन्।

थापाले ६४ केजी तौल समूहमा सोमबार स्वर्ण जितेका हुन्।  उनले फाइनलमा भारतीय खेलाडी मनिष कौशिकलाई अंकको आधारमा पराजित गरेका थिए।

आजै नेपाली महिला बक्सर मिनु गुरुङले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा स्वर्ण जितेकी छन् ।

सोमबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको फाइनल प्रतिस्पर्धामा मिनु गुरुङले स्वर्ण जितेको हुन् । गुरुङले श्रीलंकाली र भारतीय खेलाडीलाई हराएकी थिइन् ।

योसँगै मिनुले बक्सिङमा इतिहास समेत रचेकी छन् । उनी सागमा स्वर्ण जित्ने पहिलो नेपाली महिला बक्सर बन्न सफल भएकी हुन् ।

सागमा नेपालले बक्सिङमा २० वर्षपछि स्वर्ण हात पारेको छ । यसअघि सन् १९९९ मा काठमाडौंमा भएको सागमा प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए ।

योसँगै नेपालले स्वर्ण संख्या ४७ पुर्‍याएको छ।  पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ । तालिकाको पहिलो स्थानमा भारत छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय