scheduleबिहिवार माघ ९ गते, २०७६

नेकपाले एक वर्षपछि स्थायी समिति बैठक बोलायो

काठमाडौं, २३ मंसिर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले एक वर्षपछि स्थायी समितिको बैठक बोलाएको छ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको नेकपा सचिवालय बैठकले मंसिर २९ र ३० गते काठमाडौंमा स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो ।

आज (सोमबार) अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा सचिवालय बैठक बसेको थियो । उक्त बैठकले मंसिर २९ र ३० गते स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको हो ।

बैठकले केन्द्रीय आयोग र विभागको पूर्णताका लागि महासचिव विष्णु पौडेलसमक्ष सात दिन भित्र सिफारिस पेश गर्न प्रमुख तथा उपप्रमुखहरुलाई निर्देशन पनि दिएको छ ।

त्यस्तै बैठकले ५ दिनभित्र उपनिर्वाचनको प्रतिवेदन पठाउन सम्बन्धित क्षेत्रका पार्टी कमिटीलाई निर्देशन पनि दिएको छ । सचिवालय बैठक बुधबार पुनः बस्ने बताइएको छ ।

नेकपाको स्थायी समिति बैठक गत वर्ष पुसदेखि बस्न सकेको थिएन। पछिल्लो समय नेताहरूले पार्टीभित्र समसामयिक राजनीतिक विषयमा छलफल गर्न स्थायी समिति बोलाउनु पर्ने माग गर्दै आएका थिए।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय