scheduleबिहिवार माघ ९ गते, २०७६

नयाँ कीर्तिमान राख्दै गौरिकाले जितिन् चौथो स्वर्ण

काठमाडौं, २३ मंसिर । नेपाली पौडीबाज गौरिका सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितेको छन् ।

योसँगै १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा गौरिकाले ४ वटा स्वर्ण पदक जित्न सफल भएकी छन् । उनले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी छन् ।

सातदोबाटोस्थित इन्डोर स्विमिङ पुलमा सोमबार गौरिकाले १ सय मिटर फ्रिस्टाइलमा गौरिकाले स्वर्ण हासिल गरेकी हुन् । उनले निर्धारित दूरी ५८.१३ सेकेन्डमा पूरा गरिन् । उनले भारतीय प्रतिद्वन्द्वीलाई ०.०२ सेकेन्डले पछि पार्दै स्वर्ण जितेकी हुन् । सिवांगी शर्माले ५८.१५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत जितिन् । एनी जैनले ५९.०४ सेकेन्डमा दूरी पूरा गर्दै कास्य हात पारिन् ।

जारि १३ औं सागमा गौरिकाको यो चौथो स्वर्ण हो । यसअघि उनले ४ सय मिटर फ्रिस्टाइल, २ सय मिटर ब्याकस्ट्रोक र २ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी थिइन् । गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा रजत र ४ बाइ १ सय मिटर फ्रीस्टाइल रिलेमा कास्य हात पारेकी थिइन् ।

यससँगै गौरिका नेपालका लागि सर्वाधिक सफल खेलाडी भएकी छिन् । उनी एकै संस्करणमा ४ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी समेत बनिन् ।

सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । गौरिकाले दीपकसँग कीर्तिमान बराबरी गरेकी हुन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय