scheduleसोमवार माघ १३ गते, २०७६

सिरहाका महरा प्रहरी खोरमा, बालिका बलात्कारको आरोप


सिरहा, २३ मंसिर । बिहेको आश्वासन दिइ १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोमबार सिरहा नगरपालिका– ६ का २८ वर्षीय दीपेन्द्र महरालाई पक्राउ गरेको छ ।

बालिकालाई ललाइफकाइ बिहेको आश्वासन दिएर राजविराज नगरपालिकास्थित दीपसाजन लजमा राखी कात्तिक २६ गते आरोपितले बलात्कार गरी फरार भएको भन्दै पीडितका बुबाले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरीका थिए ।

उनको उजुरीको आधारमा महरालाई पक्राउ गरेको सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । साथै आवश्यक कानुनी कारवाहीका लागि उनलाई आज जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको नायब उपरीक्षक भारतीले जानकारी दिए । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय