scheduleसोमवार माघ १३ गते, २०७६

टेष्ट खेलाडीलाई पछि पार्दै ज्ञानेन्द्र भए सागको उत्कृष्ट ब्याट्सम्यान


काठमाडौं, २३ मंसिर । श्रीलंका र बंगलादेशका टेष्ट खेलाडीलाई पछि राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल १३ औं दक्षिण एसियाली खेलकुद (साग) पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान घोषित भएका छन् । कप्तान मल्लले प्रतियोगिताभर ५ खेलमा २ सय १२ रन बनाउन सफल भएपछी यस्तो उपाधि पाएका हुन् ।

ज्ञानेन्द्रलाई पछ्याउँदै श्रीलंकन पाथुम निसान्काले ४ खेलमा २ अर्धशतकसहित २ सय ११ रन बनाउँदै सागमा सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा रहे ।

बंगलादेशका स्पिनर तनवीर इस्लामले ५ खेलमा १० विकेट लिएर उत्कृष्ट बलरको उपाधि जिते । उता, म्यान अफ द टुर्नामेन्टमा भने श्रीलंकाका कप्तान कामिन्दु मेन्डिसले बाजी मारे । उनले ४ खेलमा ५ विकेट लिनुका साथै १ शतकसहित १ सय ३४ रन जोडेका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय