scheduleशनिवार आश्विन १० गते, २०७७

सागको समापनमा प्रम ओलीले विशेष सम्बोधन गर्ने !


काठमाडौं, २३ मंसिर । १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता भव्यतापुर्वक सम्पन्न भएको सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने भएका छन् ।

सोमबार साँझ राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश शिलवालले पत्रकार सम्मेलन गर्दै स्वास्थ्यको कारण समापन कार्यक्रम उपस्थित हुन नसकेका प्रधानमन्त्रीले खेलाडीहरुलाई समेटेर बुधबार विशेष सम्बोधन गर्ने जानकारी दिएका हुन् । प्रधानमन्त्रीले आफ्नो सम्बोधनमा पदक बिजेता खेलाडीहरुलाई प्रोत्साहन प्याकेजको घोषणा समेत गर्ने सदस्य सचिव शिलवालले जानकारी दिए ।

यस्तै सागको समापन कार्यक्रम उद्घाटन जस्तै भब्य हुने पनि सदस्य सचिव शिलवालले बताए । समापन कार्यक्रमअघि नेपाल र भुटानबीच पुरुष फुटबल प्रतियोगिता हुनेछ । फुटबलमा भुटानका समर्थकहरुको लागि दक्षिण तर्फको प्याराफिटमा छुट्टै स्थान दिने पनि परिषदले बताएको छ ।

समापन कार्यक्रमअन्तर्गत १२ बजे सांसद ११ र कर्मचारी ११ बीच मैत्रीपूर्ण खेल हुनेछ । फुटबलको फाइनल खेलको समापनसँगै प्रतियोगिताको समापन कार्यक्रम सुरु हुनेछ । समापान कार्यक्रम १ घन्टाको हुने सिलवालले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय