scheduleशनिवार आश्विन १० गते, २०७७

आर्सनलले सानदार कमव्याक गरेपछि…

काठमाडौँ, २४ मंसिर । गएराति भएको प्रिमियर लिगमा आर्सनलले सानदार कमव्याक गर्दै वेस्टहम युनाइटेडलाई ३-१ गोलले पराजित गर्न सफल भएको छ ।

वेस्टहमका लागि एन्गेलोले खेलको ३८ औँ मिनेटमा गोल गर्दै अग्रता दिएका थिए ।

तर, आर्सनलले दोस्रो हाफमा उत्कृष्ट खेल खेल्यो ।

आर्सनलका लागि खेलको ६० औँ मिनेटमा ग्राबियलले बराबरी गोल फर्काए ।

खेलको ६६ औँ मिनेटमा निकोलस पेपेले गोल गरे । खेलको ६९ औ मिनेटमा पेरी इमरिक अउमयांगले गोल गरे । यो जितसँगै आर्सनलले १६ खेलबाट २२ अंक जोडेको छ । आर्सनल लिगको नवौँ स्थानमा रहेको छ ।

त्यस्तै वेस्टहम १६ अंकका साथ लिगको १६ औँ स्थानमा रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय