scheduleमगलवार आश्विन ६ गते, २०७७

१३ औँ दक्षिण एसियाली खेलकुद: कुन देशले हालसम्म कति पदक जिते ?

काठमाडौँ, २४ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)मा भारत पदक तालिकाको शिर्षस्थानमा रहेको छ ।

पहिलो स्थानमा रहेको स्थानमा रहेको भारतले हालसम्म कुल २७९ वटा पदक जित्न सफल भएको छ। भारतले १७२ स्वर्ण, ८७ रजत र ४२ कास्य पदक जितेको छ ।

नेपालले ४९ स्वर्ण पदक जितेको छ । त्यस्तै ५८ वटा रजत र ९४ वटा कास्य पदक जित्न सफल भएको छ । नेपालले हालसम्म कुल २०१ वटा पदक जित्न सफल भएको छ ।

श्रीलंकाले हालसम्म २३७ वटा पदक जित्न सफल भएको छ । उसले ३६ वटा स्वर्णपदक, ८५ वटा रजत र ११६ वटा कास्यपदक जित्न सफल भएको छ ।

पाकिस्तानले हालसम्म कुल ११४ वटा पदक जित्न सफल भएको छ । उसले २५ वटा स्वर्ण, ३२ रजत र ५७ कास्य पदक जितेको छ ।

बंगलादेशले १७ वटा स्वर्ण र ३३ वटा रजत र ८२ वटा कास्य गरेर हालसम्म कुल १३२ वटा पदक जित्न सफल भएको छ ।

त्यस्तै माल्दिभ्सले हालसम्म १ वटा स्वर्ण, ३ वटा कास्यक पदक जित्न सफल भएको छ ।

त्यस्तै भुटानले हालसम्म ५ वटा रजत पद र १४ वटा कास्यपदक जितेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय