scheduleशुक्रवार आश्विन ९ गते, २०७७

नेपाललाई भुटानको डर

काठमाडौँ, २४ मंसिर । १३ औं सागको पुरुषतर्फको फुटबलको फाइनल खेलमा आज नेपालले भुटानसँग आमने सामने गर्दैछ ।

निकै रोमाञ्चक खेल हुने अपेक्षा गरिएको उक्त खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
यो पटकको साग भुटानका लागि विशेष रह्यो । पहिलो पटक फाइनलमा पुग्न सफल भुटानले नेपाललाई कतै पराजित गर्ने त होइन भन्ने शंका पनि उत्तिकै रहेको छ ।
पछिल्लो समय फुटबलमा निकै सुधार गरेको भुटानले सागमा पनि उत्तिकै उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएको छ ।

समूह चरणबाट भुटान नेपालसँगमात्र पराजित भएको थियो । पहिलो खेलमा नेपालले भुटानलाई ४–० गोलले पराजित गरेको थियो । घरेलु मैदानमा नेपाललाई पराजित गर्दै स्वर्ण जित्ने दाउमा भुटान रहेको छ । उता अपराजित रहेको नेपालले भुटानलाई पराजित गर्न हरसम्भव प्रयास गर्ने बताइएको छ ।

भुटानलाई ४–० गोलले पछारेको नेपालले दोस्रो खेलमा श्रीलंकासँग एकएक गोलको बराबरी खेल खेलेको थियो । माल्दिभ्सलाई २–१ गोलले पराजित गर्दै आफु बलियो टोली रहेको जबाफ नेपालले दिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय