scheduleमगलवार माघ ७ गते, २०७६

इभर्टनको प्रशिक्षक बन्न राफायल बेनेटिज तयार

काठमाडौँ, २४ मंसिर । प्रिमियर लिग क्लब इभर्टन नयाँ प्रशिक्षकको खोजीमा रहेको छ । मार्कोस सिल्भालाई बर्खास्त गरेपछि इभर्टनको जिम्मेवारी सह प्रशिक्षक डकसन फर्गुसनलाई दिइएको छ ।

उनले जिम्मेवारी लिएपछि इभर्टनले चेल्सीलाई पराजित गर्न सफल भएको थियो । तर, इभर्टनले राफायल बेनेटिजलाई जिम्मेवारी दिइने तयारी भएको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार पुर्व न्युक्यासल युनाइटेडका प्रशिक्षक समेत रहेका उनले इभर्टनको जिम्मा लिन तयार रहेका छन् ।

उनले खुल्ला रुपमा नै इभर्टनको प्रशिक्षक बन्न तयार भएको बताएका छन् ।

इभर्टनको खेल सुधारका लागि उनी परफेक्ट प्रशिक्षक भएको समिक्षकहरुले बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय