scheduleमगलवार आश्विन ६ गते, २०७७

इन्टर मिलानविरुद्ध मेस्सी नखेल्ने

काठमाडौँ, २४ मंसिर । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीलाई प्रशिक्षक अरनेष्टो भलभरडेले च्याम्पियन्स लिगमा इन्टर मिलानविरुद्धको खेलमा आराम दिने भएका छन् ।

बार्सिलोना मेस्सीबिनानै इन्टरसँग आमने सामने गर्नेछ । च्याम्पियन्स लिगको अर्को चरणमा स्थान सुरक्षित बनाइसकेको बार्सिलोनाले एल क्लासिकोका लागि मेस्सीलाई आराम दिएको हो ।

पछिल्लो समय सुधारिएको खेल प्रदर्शन गरेको बार्सिलोनाले रियल मड्रिडविरुद्ध उत्कृष्ट खेल खेल्नुपर्ने दबाब रहेको छ । यी दुई टिमको अंक बराबरी रहे पनि गोलभिन्नताका आधारमा बार्सिलोना शिर्षस्थानमा रहेको छ ।

च्याम्पियन्स लिगको समुह चरणको अन्तिम खेलमा इन्टरलाई ठुलो दबाब रहेको छ ।

गर वा मरको अवस्थामा रहेको इन्टरले खेल जित्नै पर्ने दबाब रहेको छ ।

बार्सिलोनाले भने केही प्रमुख खेलाडीहरुलाई आराम दिने भएपछि इन्टरले खेलमा नतिजा आफ्नो पक्षमा पार्ने सम्भावना बलियो रहेको समेत बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय