scheduleशुक्रवार आश्विन ९ गते, २०७७

१३ औं साग : फुटबल र समापनको टिकट मूल्य दोब्बरले बढ्यो

काठमाडाैं,  २४ मंसिर ।  राष्ट्रिय खेलकुद परिषदले नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको फुटबल फाईनल खेल तथा समापन समारोहको टिकट मूल्य दोब्बरले वृद्धि गरेको छ ।

राखेपले साधारण प्यारापिटतर्फ १ हजार र भिआईपीतर्फ २ हजार टिकट मूल्य निर्धारण गरेको छ ।  सम्पुर्ण टिकट बिक्रीको जिम्मेवारी ई–सेवालाई दिएको छ । समापन समारोहलाई व्यवस्थित बनाउन भन्दै साधारणतर्फ ८ हजार र भिआईपीतर्फ १ हजारमात्र टिकट बेच्ने जनाएको छ । साधारणतर्फको क्षमता १२ हजार र भिआईपीतर्फ २ हजार दर्शक क्षमता रहेको छ ।

समापन समारोह करिब डेढ घण्टाको हुनेछ । समापन समारोहलाई साग ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप सदस्य सचिव सिलवाल, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र विशेष अतिथिले सम्बोधन गर्नेछन् ।

१४ औं साग अब पाकिस्तानमा हुनेछ । समापन समारोहमै १४ औं सागको जिम्मेवारी पाकिस्तानलाई हस्तान्तरण गरिने आयोजकले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय