scheduleसोमवार माघ १३ गते, २०७६

यस्तो छ बुधबारदेखि शनिबारसम्मको माैसम पुर्वानुमान

काठमाडौं, २४ मंसिर । नेपालका उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना रहेको छ । पूर्वी इरान र अफगानिस्तान माथि रहेको पश्चिमी वायुको प्रणाली पूर्व सर्ने क्रममा रहेकोले नेपालमा उच्च हिमपात हुने सम्भावना रहेको माैसम पुर्वानुमान महाशाखाले जनाएको छ ।  यो प्रणाली नेपालको पश्चिमी भेगमा बुधबार साँझसम्ममा प्रवेश गर्ने जनाइएको छ ।

त्यस्तै बुधबार देशको मध्य र पूर्वका उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको महाशाखाको पुर्वानुमान रहेको छ । हिमपात भएपछी तापक्रम घटि देशभर चिसो बढ्ने देखिएको छ ।  यहि प्रणालीका कारण देशका पश्चिमी र मध्य पूर्वी भू-भागमा पानी पर्ने सम्भावना रहेको माैसमविद्हरुले जनाएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय