scheduleसोमवार माघ १३ गते, २०७६

अन्टारकटिकाका लागि उडेको चिलेको सैन्य विमान बेपत्ता

एजेन्सी, २४ मंसिर । दक्षिण अमेरिकी देश चिलेको एक सैन्य विमान बेपत्ता भएको छ । अन्टारकटिकाका लागि उडेको चिलेको हवाई सुरक्षा बलको विमान बेपत्ता भएको बताइएको छ ।

चालक दलका सदस्यसहित ३८ जना सवार सो विमान बन्दोबस्तीका समाग्री पुर्‍याउनका लागि अन्टारकटिका जाँदै थियो ।

किङ्ग जर्ज आइल्याण्डमा पुग्दासम्म विमानसँग सम्पर्क रहेको र त्यसपछि विमान बेपत्ता भएको सरकारी अधिकारीले बताएका छन् ।

उक्त विमानमा १७ जना चालक दलका सदस्य र २१ जना यात्रुसहित ३८ जना सवार रहेको चिलेको हवाई सैनिकले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको  छ ।

चिलेको हवाई सैनिकले बेपत्ता विमान तथा यात्रुको खोजी प्रयास गरिरहेको बताइएको छ ।

 

 

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय