scheduleमगलवार श्रावण २७ गते, २०७७

कोहलपुरको कर्फ्यु हट्याे

बाँके, २४ मंसिर । काेहलपुर नगरपालिकामा आइतबारदेखि लगाइएकाे कर्फ्यु हटेकाे छ।  कर्फ्यु मंगलबार बिहान १०:३० बजेदेखि हटेकाे बाँके प्रशासन कार्यालयले जनाएको छ ।

आइतबार बिहान कोहलपुरबाट नेपालगञ्जका लागि छुटेको ना २ ख ९४५९ नम्बरको ट्रकले  प्रकृति चन्दलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनापछि  उत्पन्न तनावग्रस्त स्थितिलाई नियन्त्रण गर्न भन्दै बाँके प्रशासनले  कर्फ्यु जारी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले मंसिर २२ गतेदेखि पूर्वमा चप्परगौँडी¸ पश्चिममा किरण नाला¸ उत्तरमा नौबस्ता र दक्षिणमा पिपिरीसम्म कर्फ्यु जारी गरेको थियाे।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय