scheduleमगलवार आश्विन ६ गते, २०७७

जुनारको रसले ज्यान लियो


भोजपुर, २४ मंसिर । जुनारको रसले भोजपुरमा एक व्यक्तिको ज्यान गएको छ । जुनारको जुस पिउने क्रममा सर्किएर षडानन्द नगरपालिका १२ देउराली सुनखानीस्थित जुनारको रस सर्किंदा स्थानीय ५० वर्षीय मानबहादुर घिसिङको ज्यान गएको हो ।

सोमबार स्थानीय तारा राईको बारीमा फलेको जुनार खाँदा रसले सर्किएर घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय