scheduleमगलवार माघ १४ गते, २०७६

चार नयाँ परियोजना निर्माणका लागि एडिबिसँग ऋण सम्झौता

काठमाडाैं, २४ मंसिर ।  एसियाली विकास बैंक (एडिबि) र नेपाल सरकारबीच विभिन्न चार नयाँ परियोजना निर्माणका लागि ऋण सहयोग सम्बन्धी सम्झौता भएको छ ।

सरकारले पोखरा–मुग्लिङ सडकको स्तरोन्नती, बागमती नदिको सुधार, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि कुल ३५ करोड ८० लाख अमेरिकी डलर अर्थात ४० अर्ब ५८ करोड रुपैयाँ बराबरको ऋणका लागि एडिबिसँग सम्झौतामा गरेको हो । ऋण सहयोग सम्बन्धी उक्त सम्झौतामा मंगलबार एक कार्यक्रम गरी सरकारका तर्फबाट अर्थसचिव राजन खनाल र एडिबिका देशिय निर्देशक मुख्तोर खामुद्खानोभले हस्ताक्षर गरे ।

कार्यक्रममा एडिबिका देशिय निर्देशक खामुद्खानोभले मुग्लिङ–पोखरा सडकको स्तरोन्नती गर्न १९ करोड ५० लाख अमेरिकी डलर, बागमती नदिमा बाढी व्यवस्थापन तथा नदिको सुधारका लागि ६ कारेड ३० लाख डलर, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि ५/५ करोड अमेरिकी डलर बराबरको ऋण सहयोग गरिएको बताए ।

कार्यक्रममा अर्थसचिव राजन खनालले पोखरा–मुग्लिङ सडकको स्तारोन्नतीका लागि २५ करोड ४० लाख अमेरिकी डलर अर्थात झण्डै २९ अर्ब रुपैयाँ बराबरको लागत लाग्ने बताए । त्यसमध्ये एडिबिको १९ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोग र सरकारको ५ करोड ९० लाख अमेरिकी डलर बराबरको लगानी रहने बताए । उनले उक्त सडकखण्डको आँबु खैरेनी देखि पोखरा सम्मको ८१ किलोमिटर सडक चार लेनको बनाइने समेत बताए ।

अर्थसचिव खनालले सडकको स्तरोन्नती गरिएपछि पूवार्धारको विकास मात्र नभएर सुरक्षित यात्रा र पर्यटन विकासमा सहयोग पुर्‍याउने विश्वास गरे । एडिबिले नेपालमा पूर्वाधार विकास, कृषि तथा ग्रामिण विकासका लागि सहयोग गर्दै आएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय