scheduleसोमवार माघ १३ गते, २०७६

कोठाभित्र कुहिएको अवस्थामा फेला पर्‍यो आमा छोरीको शव


वीरगन्ज, २४ मंसिर । वीरगन्ज महानगरपालिकामा आमा-छोरीको शव कुहिएको अवस्थामा घरको कोठाभित्र फेला परेको छ । महानगरपालिका-१२ मुर्लीमा पर्ने नयाँ टोलको एक घरमा आमा र छोरीको शव कुहिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरु नयाँ टोल निवासी मोहन झाको घरमा डेरामा बस्दै आएका थिए । बाराको कलैया उपमहानगरपालिका-२६ सिसुवा महेशपुरका पवन साहकी अन्दाजी २२ वर्षीया पत्नि र अढाई वर्षीया नाबालिका छोरी मृत अवस्थामा भेटिएको श्रीपुर प्रहरी कार्यालयका निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

उनीहरु बस्दै आएको कोठा एक सातादेखि बन्द थियो । कोठाबट दुर्गन्ध फैलिएपछि घरबेटी झाले सोमबार बेलुकी वडा प्रहरी कार्यालय श्रीपुरमा खबर गरेका थिए ।

प्रहरी निरीक्षक मल्ल नेतृत्वको टोलीले सोमबार बेलुकी ताल्चा फुटाएर कोठामा प्रवेश गर्दा आमा छोरी दुवैको शव कपडामा बेरिएको अवस्थामा फेला परेको थियो । छोरीको शव कोठाको एउटा कुनामा र आमाको शव काठमुनि भेटिएको उनले जानकारी दिए ।

मृतकको नाम खुल्न सकेको छैन । घटनाप्रकृति हेर्दा हत्या गरेर छाडिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । मृतकका श्रीमान भने सम्पर्कविहिन छन् । उनको मोबाइल पनि बन्द छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय