scheduleशुक्रवार आश्विन ९ गते, २०७७

कोहलपुरको ‘कर्फ्यू’ हटेसँगै डिएसपी फेरिए


बाँके, २४ म‌ंसिर । नेपाल प्रहरीले इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी हेमबहादुर शाही जिल्ला प्रहरी कार्यालय, बाँकेमा तानेको छ ।

जिल्लामा कार्यरत डीएसपी शिवबहादुर सिंहलाई कोहलपुरमा पठाइएको छ । खड्का यस अघि तरुण दलसँग तोडिएको विवादमा पनि जोडिएका थिए ।

डिएसपी फेरेसँगै जिल्ला प्रशासन कार्यालय, बाँकेले कोहलपुरमा लगाइएको निषेधाज्ञा पनि हटाएको छ ।

कोहलपुरमा प्रशासनले तीन दिनदेखि निषेधाज्ञा लगाईंदै आएको थियो । आइतबार कोहलपुर–६ मा ट्रकको ठक्करबाट बालिका गम्भीर घाइते भएपछि चर्किएको आन्दोलनलाई नियन्त्रणमा लिने क्रममा लगाइएको निषेधाज्ञा लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार मंगलबार विहान १०ः३० बजेबाट कर्फ्यू पूर्णरुपमा हटाइएको छ । प्रशासनले २२ गतेबाट निषेधाज्ञा गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय