scheduleमगलवार माघ ७ गते, २०७६

मैत्रीपूर्ण फुटबल : कर्मचारीद्वारा सांसद पराजित

काठमाडाैं, २४ मंसिर ।  संघीय संसद सेवा दिवसका अवसरमा संसद सचिवालयका कर्मचारी र सांसदहरुको मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ ।

मंगलबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण फुटबल खेलमा संसदका कर्मचारीको टिमले सांसदको टिमर्लाइ पराजित गरेको छ ।

कर्मचारीको टिमले सांसदहरुको टिमलाई ४—० गोलअन्तरले पराजित गरेको हो । सांसदहरुको टिमको नेतृत्व राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले गरेका  थिए ।

कर्मचारीको टिमको नेतृत्व संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले गरेका  थिए । संघीय संसद सेवा दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल भएको हो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय