scheduleमगलवार माघ १४ गते, २०७६

प्रेमिकाले कोठामा बोलाएर प्रेमीको यौनाङ्ग काटिदिइन्

काठमाडौं, २४ मंसीर । एक प्रेमिकाले प्रेमीलाई कोठामा बोलाएर यौनाङ्ग काटिदिएकी छन् । काठमाडौंँ महानगरपालिका–६ महाँकाल डेरा गरी बस्ने १९ वर्षीया प्रेमिकाले मकवानपुर हेटौंडा घर भई हाल बौद्ध बस्ने वर्ष २१ का प्रेमीको यौनाङ्ग काटिदिएकी हुन् । अहिले उनको ओम अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको महानगरीय प्रहरी वृत्त वौद्धका डीएसपी रमेशबहादुर सिहंले जानकारी दिए ।

हायात होटलमा काम गर्ने उनीहरूबीच प्रेम सम्बन्ध रहेकाे र उनीहरुले फरक–फरक धर्म मान्ने गरेकाे डीएसपी सिहंले बताए । धर्मका कारण प्रेम सम्बन्ध घरले स्वीकार गर्ने अवस्था नआएपछि प्रेमिले प्रेमिकालाई छुटिने कुरा बताएका थिए । सोमबार प्रेमीकाले राजिवलाई अन्तिमपल्ट भेट्न आउ भन्दै कोठामा बोलाएको र त्यहीँ चक्कुले यौनाङ्ग काटेकाे प्रहरीले बताएको छ । प्रहरीले ती युवतीलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान गरिरहेको बताएकाे छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय