scheduleसोमवार माघ १३ गते, २०७६

१३ औं सागः पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण

काठमाडौं, २४ मंसीर । नेपालले १३ औं साग अन्तर्गत पुरुष फुटबलमा स्वर्णपदक जितेको छ ।

दशरथ रंगशालामा आज सम्पन्न खेलमा नेपालले भुटानलाई २–१ गोलले पराजित गर्दै स्वर्ण जितेको हो ।

खेलको १६ औं मिनेटमा नेपालले सुरुवाती गोल गरेको थियो । अभिषेक रिजालले नेपालका लागि सुरुवाती गोल गरेका थिए ।

भुटानका चेन्चो ग्याल्त्सेनले खेलको ३७ औं मिनेटमा नेपालविरुद्ध बराबरी गोल फर्काएपछि खेल बराबरीका साथ रोचक बनेको थियो ।

नेपालले खेलको ५३ औं मिनेटमा दोस्रो गोल गर्न सफल भयो । सुनिल बलले नेपालका लागि दोस्रो गोल गरेपछि नेपालले खेलमा २–१ को अग्रता लियो ।

त्यसपछि दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि नेपालले खेल २–१ ले जितेको हो।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय