scheduleबुधवार माघ १५ गते, २०७६

आयाक्स च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौँ, २५ मंसिर । गएराति भएको च्याम्पियन्स लिगमा आयाक्सलाई नमिठो झट्का लागेको छ । आयाक्सले भ्यालेनसियासँग १-० गोलले पराजित भएपछि च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

बराबरीमा रोक्न सफल भएको भए पनि आयाक्स अर्को चरणमा जाने निश्चित थियो तर, आफ्नै घरेलु मैदानमा आयाक्स पराजित हुन पुग्यो ।

भ्यालेनसियालाई जित दिलाउन रोद्रिगोले एकमात्र गोल गरे । समुह एचमा भ्यालेनसिया समुह विजेता बन्र्दै नकआउट चरणमा प्रवेश गरेको छ । भ्यालेनसियाले ११ अंक जोडेको छ ।

आयाक्सको १० अंक भएपनि च्याम्पियन्स लिगबाट बाहिरिएको छ । चेल्सी ११ अंकका साथ उपविजेता बन्दै अर्को चरणमा प्रवेश गरेको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय