scheduleबुधवार माघ १५ गते, २०७६

अमेरिकामा गोलीकाण्डः प्रहरी अधिकारीसहित ६ जनाको मृत्यु

काठमाडौँ, २५ मंसिर । अमेरिकाको न्युजर्सी शहरमा एकपसलबाट सुरु भएको गोलीकाण्डमा परी एक प्रहरी अधिकृतसहित ६ जनाको मृत्यु भएको छ ।

त्यस्तै अन्य दुई प्रहरी घाइते भएका छन् ।

उक्त घटनामा कसको संलग्नता रहेको छ त्यसबारे भने उल्लेख गराइएको छैन ।

मिडिया रिपोर्टका अनुसार आतंकवादी आक्रमण हुनसक्ने बताइएको छ ।

मारिने प्रहरीको पहिचान भने खुलेको छ । उनी ३९ वर्षीय जोसेफ सिल्स रहेको बताइएको छ ।

मध्याह्न १२ बजेतिर एक्कासी गोली चल्न थालेपछि हाइअलर्ट भएको प्रहरीले उक्त घटनालाई नियन्त्रणमा लिन प्रयास गरेको थियो । ती बन्दुकधारीलाई पक्राउ गर्ने क्रममा ती प्रहरी अधिकारी मारिन पुगे ।

यस घटना पछि अमेरिकामा सुरक्षास्थिति मजबुत पारिएको छ भने अनुसन्धानलाई तिब्रता दिइएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय