scheduleमगलवार माघ ७ गते, २०७६

सांसदमा निर्वाचित विद्यालाई संसद पस्न अवरोधक बन्यो धारा ८८


काठमाडौं, २५ मंसिर । गत उपनिर्वाचनबाट नेकपाकी नेतृ विद्या भण्डारी कास्की-२ बाट प्रतिनिधिसभाको सदस्यको पदमा निर्वाचित भइन् ।

सांसदमा निर्वाचित भए पनि भट्टराईले सदन सुरु हुनासाथ सांसदको रुपमा सदन प्रवेश गर्ने बाटो रोकिएको छ । कारण हो सभामुखको कुर्सी खाली हुनु ।

नेपालको संविधानको धारा ८८ मा लेखिएको छ, ‘संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानून बमोजिम सपथ शपथ लिनुपर्ने छ ।’ यही धाराको कारण भट्टराईलाई सांसदमा निर्वाचित भए पनि सदन प्रवेशमा अप्ठेरो परेको हो ।

अनौपचारिकरुपमा भट्टराईले सांसदको अधिकार प्रयोग गर्न पाए पनि संसदीय समितिहरुको बैठकमा औपचारिकरुपमा भाग लिन विशेष अप्‍ठेरो छ । किनकी नेपालको संविधानमा संघीय संसदका सदस्यले सदनमा त्यससम्बन्धी कुनै पनि समितिको औपचारिक बैठकमा भाग लिन सपथग्रहण अनिवार्य हुनुपर्ने उल्लेख गरिएको छ ।

उता आफ्नै कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा जेल सजायँ भोग्न परेपछि कृष्णबहादुर महराले निभाउँदै आएको सभामुखको कुर्सी खाली छ । संसदका सदस्यलाई सभामुखले सपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ । यसर्थ, सांसद भट्टराईको पद तथा गोपनियताको सपथ ग्रहण सभामुखको टुंगो नलागेसम्म अनिश्चित भएको छ ।

सभामुख पदका लागि सत्तारुढ नेकपाभित्र धेरै नेताहरुले रुचि देखाएका छन् । यसअघि पूर्वमाओवादीको भागमा उक्त पद रहेकोले पूर्वमाओवादीका नेताहरुले विशेष दावी गरिरहेका छन् ।

राष्ट्रपतिले पुस ४ गतेका लागि संघीय संसदका दुवै सदनको हिउँदे अधिवेशन बोलाएपछि सभामुखका लागि रुचि देखाउनेहरुले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । यसबारे नेकपाका अध्यक्षद्वयले पनि अनौपचारिकरुपमा छलफल सुरु गरेको बुझिएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय