scheduleसोमवार आषाढ़ २९ गते, २०७७

प्रम ओलीको घोषणा- स्वर्ण विजेता खेलाडीलाई नौ/नौ लाख दिन्छौं


काठमाडौं, २५ मंसिर । सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने प्रत्येक खेलाडीलाई नौ लाख दिने घोषणा गरेको छ ।

पदक विजेता खेलाडीलाई बधाईका लागि बालुवाटार बोलाएका प्रधानमन्त्री ओलीले बुधबार दिउँसो यस्तो घोषणा गरेका हुन् । एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई भने ११ लाखका दरले पुरस्कार दिने उनले घोषणा गरे ।

खेलाडीलाई सम्मान गर्दै उनले रजत पदक विजेता खेलाडीलाई ६ लाख र कास्य पदक विजेता खेलाडीलाई तीन लाख रुपैयाँ दिने घोषणा गरे ।

१३औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय