scheduleबुधवार श्रावण २१ गते, २०७७

अमेरिकी सैन्य शिविर नजिकै आत्मघाती हमला, १ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी, २५ मंसिर । अफगानिस्तानमा रहेको अमेरिकी सेनाको शिविरको प्रवेश द्वारमा आत्मघाती विस्फोट भएको छ ।

बुधबार अफगानिस्तानको बाग्रामस्थित अमेरिकी सैन्य शिविरको प्रवेश द्वार नजिकै भएको विस्फोटमा परी १ जनाले ज्यान गुमाएका छन् । त्यस्तै विष्फोटबाट ६० जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

मृतक र घाइते सबै अफगान नागरिक भएको समेत समाचार माध्यमले जनाएका छन् ।

अमेरिकी सैन्य शिविरको दक्षिणी द्वारमा २ जना आत्मघातीले विस्फोटक पदार्थले भरिएको सवारी साधन विष्फोट गराएका थिए । विस्फोट लगत्तै ५ जना आक्रमणकारीले सेनामाथि गोली चलाएका थिए ।

विस्फोट लगत्तै ३० मिनेटसम्म दोहोरो भिडन्त भएको र भिडन्तपछि आक्रमणकारी भागेको अफगान अधिकारीले जनाएका छन् । ३० मिनेटसम्म शिविरभित्र प्रवेश गर्न खोजेका आक्रमणकारी र नेटोका सेनाबीच भिडन्त भएको थियो ।

गोली चलाउने आक्रमणकारीहरु भिडन्तका क्रममा मारिएको वा नमारिएको भनेर पुष्टि भइसकेको छैन ।

अमेरिका र तालिवानबीचको वार्तामा गतिरोध आइरहेका बेला उक्त विस्फोट भएको हो । हालसम्म विष्फोटको जिम्मा कसैले पनि लिएको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय