scheduleमगलवार श्रावण २० गते, २०७७

हुथी विद्रोहीले फेरि अर्को साउदी ड्रोन खसाले

एजेन्सी, २५ मंसिर । यमनमा सक्रिय हुथी विद्रोहीले साउदी अरबको एक जासुसी ड्रोन खसालेका छ्न् ।

हुथी विद्रोहीले मंगलबार दिउँसो साउदीको राजधानी रियाधबाट ८ सय ४४ किलोमिटर टाढा रहेको अल कसराह क्षेत्रमा साउदीको जासुसी ड्रोन खलालेका हुन् । साउदी ड्रोनलाई मिसाइल प्रहार गरी खसालेको हुथी विद्रोहीले जनाएका छन् ।

शनिबार पनि हुथी विद्रोहीले जबल अल अलाममा एक साउदी ड्रोन खसालेका थिए ।

सन् २०१५ देखि साउदी अरब र उसका सहयोगी मुलुकले यमनमा सक्रिय हुथी विद्रोहीविरुद्ध हवाइ कारबाही गर्दै आएका छन् । साउदी गठबन्धन सेनाले यमनका अपदस्त राष्ट्रपति मनसुर हादीलाई पदस्थापन गर्न भन्दै सैन्य कारबाही थालेको दाबी गरिरहेको छ ।

तर गठबन्धन सेनाको सैन्य कारबाही सोचे अनुसार प्रभावकारी बन्न सकेको छैन । यमनको राजधानी साना इरानको समर्थन प्राप्त भनिएका हुथीको कब्जामा छ ।

चार वर्षको अवधिमा यमनका मानवीय संकट गहिरिँदै गएको छ । साउदी लडाकु विमानले मानववस्तीमा अन्धाधुन्द हवाइ हमला गर्दा यमनको अवस्था दयनीय बन्दै गइरहेको छ ।

हालसम्म यमनमा झण्ड १ लाख मानिसले ज्यान गुमाइसकेका छन् भने लाखौं मानिस विस्थापित हुन पुगेका छन् ।

युद्धका कारण बालबालिकाहरु सबैभन्दा बढी प्रभावित बन्न पुगेका छन् । युनिसेफका अनुसार हाल यमनमा २० लाख बालबालिकाहरु कुपोषणको शिकार बनेका छन् । जसमध्ये ३ लाख ६० हजार बालबालिकाहरु पाँच वर्षमुनिका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय