scheduleआइतवार आश्विन ११ गते, २०७७

च्याम्पियन्स लिगः युभेन्ट्स समुह विजेता बन्दै नकआउट चरणमा प्रवेश

काठमाडौँ, २६ मंसिर । गएराति भएको च्याम्पियन्स लिगमा युभेन्ट्सले बार्यन लिभरकुजानलाई २-० गोलले पराजित गरेको छ ।

समुह चरणको खेलमा अपराजित रहेको युभेन्ट्स समुह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

युभेन्ट्सलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डो र गोन्जालो हिगुइनले एकएक गोल गरे ।

यो जितसँगै युभेन्ट्सले ६ खेलमा १६ अंक जोडेको छ भने बार्यन लिभरकुजान ६ अंकका साथ तेस्रो स्थानमा रहेको छ । बार्यन लिभरकुजानले अब युरोपा लिग खेल्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय