scheduleमगलवार श्रावण २० गते, २०७७

श्रीमानले प्रहार गरेको चक्कुबाट गम्भीर बनेकी कार्कीलाई नोबेल लगियो

मोरङ, २६ मंसिर । विराटनगर महानगरपालिका-११ मा श्रीमान‍ले प्रहार गरेको चक्‍कुबाट श्रीमती गम्भीर घाइते भएकी छिन्।

बिहीबार बिहान ५० वर्षीय डम्बर कार्कीले ३५ वर्षीया श्रीमती सुस्मिता कार्कीमाथि तरकारी काट्ने चक्‍कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट सुस्मिता गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

डम्बरले तरकारी काटिरहेको अवस्थामा सुस्मितामाथि चक्‍कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट सुस्मिताको टाउको, घाँटी र हातमा गहिरो चोट लागेको छ ।

गम्भीर अवस्थामा नै सुस्मितालाई उपचारका लागि लाइफगार्ड अस्पताल लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि नोवेल शिक्षण अस्पताल लगिएको छ ।

झापा घर भएका कार्की दम्पत्ति विराटनगर महानगरपालिका-११ बसपार्कमा डेरा बस्दै आएका थिए। दुवैजना बुधबार विराटनगर ४ चाँदनी चौकस्थित सुस्मिताकी दिदी रीता कटुवालको घरमा पाहुना गएका थिए ।

पाहुना गएकै घरमा तरकारी काटिरहेको अवस्थामा डम्बरले श्रीमतीमाथि चक्‍कु प्रहार गरेका हुन् । चक्कु प्रहार गर्नुको कारण पत्ता लागि नसकेको प्रहरीले जनाएको छ। हाल डम्बरलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय