scheduleमगलवार माघ ७ गते, २०७६

पढाई पूरा नहुँदै वार्षिक परीक्षा दिनुपर्ने बाध्यतामा विद्यार्थी


जुम्ला, २६ मंसिर । शैक्षिकसत्र शुरु भएको लामो समयसम्म पाठ्य पुस्तक नपुग्दा दुर्गमका विद्यार्थीले राम्रोसँग पढ्न पाउँदैनन् । कतिपय विद्यार्थीले त पढाई पूरा नहुँदै वार्षिक परीक्षा दिनुपर्ने अवस्था छ ।

कोर्ष पूरा नहुँदै परीक्षामा सामेल भएका विद्यार्थीको परीक्षाफल पनि अपेक्षा गरे अनुसारको नहुनेगरेको पाइएको छ । यसअघि पनि जुम्लाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले कोर्ष पूरा हुने गरी कहिलै पढ्न पाएनन् ।

गणित, अंग्रेजी, विज्ञान लगायतका विषयको पढाइ पूरा नहुँदा झनै गाह्रो हुने विद्यार्थीहरु बताउँछन् । कनकासुन्दरी मावि लुडकुका प्रधानाध्यापक लोकेन्द्रप्रसाद उपाध्यायका अनुसार शिक्षकहरु नियमित उपस्थित नभएका कारण पनि पढाइ पूरा नभएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख मक्करबहादुर भण्डारी पनि कोर्ष पूरा नभइ विद्यार्थी परीक्षामा सहभागि हुनुपर्ने बाध्यता स्वीकार गर्छन् । यसविषयमा स्थानीय सरकार र विद्यालय व्यस्थापन समितिको अनुगमनको खाँचो रहेको उनको भनाइ छ ।

आफ्नो विषयको पढाइ पूरा गर्न विषयगत शिक्षक पनि उत्तिकै जिम्मेवार हुनुपर्ने अविभावकहरुले बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय