scheduleशनिवार माघ ११ गते, २०७६

न्युजिल्याण्ड गएको ज्वालामुखी बिस्फोटमा परी हालसम्म १६ जनाको मृत्यु

काठमाडौँ, २७ मंसिर । न्युजिल्याण्ड गएको ज्वालामुखी बिस्फोटमा परी हालसम्म १६ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार ज्वालामुखी गएको क्षेत्रमा उद्धारकार्य जारी रहेको छ ।

बिहिबारसम्म ६ जनाको शव फेला पारिएको बताइएको छ ।

उक्त क्षेत्रमा झण्डै ५० जना पर्यटक घुम्नलाई गएको बताइएको छ । मृत्यु हुनेमा अष्ट्रेलियाका पर्यटकहरु धेरै रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

ज्वालाविस्फोटबारे थप अध्ययन र अनुसन्धान भइरहेको बताइएको छ । उक्त क्षेत्रमा पुनः ज्वालामुखी बिस्फोट हुन सक्ने सम्भावना रहेको अध्ययनकर्ताहरुले बताएका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय