scheduleसोमवार आश्विन १२ गते, २०७७

वर्षाले आलु खेतीमा फाइदा, पुरा भयो किसानको आशा


रामपुर, २७ मङ्सिर । यहाँ पानी परेपछि भर्खर खेतमा लगाइएको तरकारी बालीलाई फाइदा हुने देखिएको छ ।

यस वर्ष नहर मर्मतका कारण सिंचाइ गर्न नमिल्ने भएकाले चिन्तित किसान केही ठूलो पानी परे हुन्थ्यो भन्ने आशामा थिए ।

विजयपुर कृषि सहकारी संस्था लिमिटेड रामपुरका अध्यक्ष तथा अगुवा कृषक सूर्यप्रसाद रेग्मीले पानी परेर घाम लागेमा आलु खेतीलाई निकै फाइदा हुने बताए । ‘आलु उम्रिनेबित्तिकै औषधि छर्दा माटोलाई समेत असर गर्छ तर आलु लगाएपछि पानी परेर उम्रिएपछि घाम लागेमा आलुमा रोग समेत लाग्दैन’, उनले भने ।

लसुन प्याज, काउली, बन्दालगायत तरकारी खेतीलाई निकै राम्रो हुने भएपछि यहाँ किसान खुशी भएका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय