प्रतिवेदन लेखनमा प्रचण्ड व्यस्त, नेकपाको सचिवालय बैठक स्थगित
काठमाडौं, २७ मंसिर । आज शुक्रबार बोलाइएको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक स्थगित भएको छ।
सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंसिर २९ देखि बस्ने स्थायी समिति बैठकमा पेस गर्ने प्रतिवेदन लेखनमा व्यस्त भएपछि सचिवालय बैठक स्थगित भएको नेकपा स्रोतले जनाएको छ ।
नेकपाको स्थायी समिति बैठक १ वर्षपछि बस्दै छ । पर्सी आइतबार बस्ने बैठकमा पार्टी विधान संशोधनको प्रस्ताव पेश गरिने तयारी भइरहेको छ। प्रचण्डले पार्टीको कार्यदिशा परिवर्तन गर्ने र उपाध्यक्ष पद थप्ने गरी विधान संशोधनको प्रस्ताव ल्याउन लागेको बताइएको छ।