scheduleबुधवार माघ १५ गते, २०७६

पिकनिक गएको बस दुर्घटना हुँदा २२ जना घाइते

भक्तपुर, २७ मंसिर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा वनभोज आएको बस दुर्घटना भएको छ ।

दुर्घटनामा परी २२ जना घाइेत भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते २० जना डाक्टर  इवामुवारा अस्पताल सल्लाघारी र २ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनामा घाइते २० जना डाक्टर  इवामुवारा अस्पताल सल्लाघारी र २ जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार बिहान काठमाडौंस्थित मदन भण्डारी मेमोरियल कलेजबाट भक्तपुरमा वनभोज गएको बस दुर्घटना भएको हो । कलेजबाट भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा पिकनिकको लागि जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस सडकमै पल्टिएको हो ।

प्रहरीका अनुसार ११ वटा गाडीमा कलेजका विद्यार्थीहरु र शिक्षकहरु बनभोजका लागि आएका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय