scheduleबुधवार माघ १५ गते, २०७६

सीमा विवादमा हल्का टिप्पणी दिएको भन्दै बास्कोटाविरुद्ध खनिए सापकोटा

फाइल फोटो

काठमाडौं, २७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद अग्निप्रसाद सापकोटाले देशको सीमा समस्याबारे हल्का अभिव्यक्ति दिएको भन्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाको आलोचना गरेका छन् ।

शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकका सांसद सापकोटाले भने, ‘सरकारका प्रवक्ताबाट सामान्य हिसाबले कुरा आएको छ । हाम्रा रणनीतिक महत्वका भूगोलमा भएको थिचोमिचो सहन सक्ने विषय होइनन् ।’

उनले अगाडि थपे, ‘भारतसँग हाम्रो सीमा विवाद होइन । यो त भारतबाट भएको सार्वभौम सत्ताको थिचोमिचो हो ।’

सांसद सापकोटाले नेपालको भूमि भारतले कब्जा गर्दा नेपाल नै चुक्ने अवस्था दुःखद रहेको टिप्पणी गरे । ‘भारतले कालापानी नछोड्नकै लागि त्यहाँ सैनिक संरचना बनाएको छ’, उनले भने, ‘यो असमान्य र असधारण विषय हो । संविधान संशोधन गरेर नक्सा सही राख्नु पर्छ । यसलाई सबैभन्दा बढी प्राथमिकता राख्नुपर्छ ।’

नेकपाका नेता समेत रहेका सापकोटाले संविधान संशोधन गरेर भारतले अतिक्रमण गरेको लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्नुपर्ने धारणा राखे । उनले भने, ‘भारतले मिचेको भनिएको भूमिबारेको विवाद सामान्य विषय होइन । संविधान संशोधन गरेर हाम्रो भूमिसहितको नक्सा बनाउनुपर्छ ।

‘सन् २०१४ को संयुक्त आयोगको बैठकले सीमा विवाद परराष्ट्र सचिव तहबाट समाधान गर्ने भन्यो’, उनले भने, ‘कालापानी, लिम्पियाधारा विवादित भूमि होइनन् । भारतले हाम्रो भूमि कब्जा गरेको हो तर हामीले विवादित भनेर चुक्यौँ ।’

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय