scheduleमगलवार माघ ७ गते, २०७६

कुटपिटबाट युवकको मृत्यु

खोटाङ, २७ मंसिर । आपसी विवादका क्रममा कुटाकुट हुँदा खोटाङमा एक युवकको ज्यान गएको छ ।

आपसी विवादका क्रममा भएको कुटपिटपछि हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थान गैरीगुठका २४ वर्षीय रमेश राईको मृत्यु भएको हो। कुटपिटका क्रममा रमेशलाई हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले तल्लोचिचिङ्गाका अशोक राई, बलराम राई र बबिन राईको समूहले टाउकोमा मुस्ली प्रहार गरेका थिए ।

मुस्ली प्रहारले टाउकोमा गम्भीर चोट लागेका राईको हलेसीकै एक क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। भूकम्प पुनर्निर्माण अन्तर्गतको घर निर्माणको काम गरेर फर्कँदै गरेका रमेश र अन्य तीन जनाबीचमा बाटोमा सामान्य विषयमा भनाभन भएको थियो । भनाभनपछि कुटाकुट भएको थियो ।

घटनामा संलग्न अशोक राई, बलराम राई र बबिन राई फरार रहेको र तीनैजनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय