scheduleशुक्रवार आश्विन ९ गते, २०७७

मौसम खराब हुँदै गएपछि पिपिएल आइतबार उद्घाटन हुने

पोखरा, २७ । भोली (शनिबार) उद्घाटन हुने भनिएको पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको उद्घाटन आइतबार हुने भएको छ ।

खराब मौसमका कारण मंसिर २८ (शनिबार) देखि हुने भनिएको निर्धारित समय भन्दा एकदिन ढिलाे सुरु हुने भएकाे हो। पिपिएलको सम्पूर्ण तयारी सकिएको छ ।

तर खराब मौसमका कारण उद्घाटन एक दिनपछि सार्नु परेकाे आयोजक क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिएका छन् ।

लामाले प्रतियाेगिताकाे उद्घाटन आइतबार हुने बताएका छन् ।  प्रतियाेगिता टी–२० फर्म्याटमा सञ्चालन हुनेछ। पोखरा क्रिकेट मैदानमा आयोजना हुने पिपिएल दोस्रो संस्करणको ट्रफी शुक्रबार सार्वजनिक गरिएको छ।

शुक्रबार पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एक कार्यक्रमका बीच पीपीएलको ट्रफी सार्वजनिक गरेका हुन् । ट्रफी सार्वजनिक कार्यक्रममा प्रतियोगितामा सहभागी ५ टोलीका कप्तानको सहभागिता रहेको थियो ।

पीपीएलमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज छन् । ट्रफी सार्वजनिक कार्यक्रममा विराटनगरका प्रदीप ऐरी, काठमाडौंका ज्ञानेन्द्र मल्ल, धनगढीका दीपेन्द्र सिंह ऐरी, चितवनका पारस खड्का र बुटवलका सोमपाल कामी उपस्थित थिए । पोखराका कप्तान शरद भेषावकरको अनुपस्थितिमा विनोद भण्डारी उपस्थित थिए ।

पीपीएल मंसिर २९ देखि पुष १२ सम्म चल्ने छ । पुष ९ गतेको विश्रामका दिन वुटवल र विराटनगर भिड्ने छन् । पीपीएलको विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगितका म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल प्रदान गर्ने आयोजकले जनाएको छ ।

यस्तै प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडीलाई १ लाख र उदयमान खेलाडीलाई रु ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दि म्याच हुने खेलाडीलाई १० हजार प्राप्त गर्ने छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय