scheduleआइतवार आश्विन ११ गते, २०७७

धनुषामा शक्तिशाली बम बिस्फोटः प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु

काठमाडौँ, २८ मंसिर । शुक्रबार राति झण्डै पौने १२ बजे धनुषामा शक्तिशाली बम बिस्फोट भएको छ । उक्त घटनामा परी प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको छ ।

प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर कुमार दाहालसहित तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त बिस्फोटमा परी औषधि व्यवसायी ४८ वर्षे राजेश साह र उनका १६ वर्षे छोरा आनन्द साहको मृत्यु भएको छ ।

त्यस्तै साहका अर्को छोरा प्रकाश साह, छोरी अन्जली साह, प्रहरी जवान रिजन महतो घाइते शख्त घाइते भएका छन् । घटनाबारे अनुसन्धान भइराखेको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय