scheduleआइतवारबैशाख ५ गते, २०७८

आज पनि स्थगित भयो नेकपा सचिवालय बैठक

काठमाडौं, २८ मंसिर । आज (शनिबार) लागि तय भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकस्थगित भएको छ ।

उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची सहितका विषयमा छलफल गर्न हिजो शुक्रबार समेत बैठक बोलाइएको थियो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिवेदन लेखनमा व्यस्त भएपछि हिजो बस्ने भनिएको बैठक आज शनिबारसम्म स्थगित गरिएको थियो ।

तर नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजेका लागि बोलाइएको बैठक आज पनि स्थगित गरिएको छ । नेताहरुको कार्यव्यस्तताका कारण सचिवालय बैठक स्थगित भएको बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay