scheduleमगलवार श्रावण २० गते, २०७७

बम विस्फोटको आरोपमा विप्लव समूहका ३ नेता पक्राउ

सांकेतिक तस्बिर

धनुषा, २८ मंसिर ।  प्रहरी निरीक्षकसहित ३ जनाको ज्यान जाने गरी भएको बम बिस्फोटमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

धनुषा प्रहरीले बम विस्फोटमा संलग्न रहेको आरोपमा विप्लव समूहका ३ जना स्थानीय नेतालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विप्लव समूहका प्रदेश नम्बर २  संयोजक ५१ वर्षिय सीतादेवी महरा, केन्द्रीय सदस्य ४१ वर्षिय ललिता महरा र रामसोभित गाहा रहेका छन् ।

शुक्रबार राति झण्डै पौने १२ बजे धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ स्थित राजेश साहको नवनिर्मित घरमा शक्तिशाली बम बिस्फोट भएको थियो ।

विस्फोटमा परी  प्रहरी निरीक्षक अमिरकुमार दाहालसहित औषधि व्यवसायी ४८ वर्षीय राजेश साह र उनका १६ वर्षीय छोरा आनन्द साहको मृत्यु भएको थियो ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय