scheduleबुधवार माघ १५ गते, २०७६

‘रेप इन इन्डिया’बारे राहुल भन्छन्- मर्न तयार छु तर माफी माग्दिनँ

एजेन्सी, २८ मंसिर । भारतीय कांग्रेसका नेता राहुल गान्धीले ‘रेप इन इन्डिया’बारे आफूले माफी नमाग्ने बताएका छन् ।

गान्धीले शनिबार दिल्लीस्थित रामलीला मैदानमा बोल्दै भने, ‘मेरो नाम राहुल सावरकर होइन । मेरो नाम राहुल गान्धी हो । सत्यका लागि मैले माफी माग्दिनँ । मर्न तयार छु तर माफी माग्दिनँ ।’ उनले मोदी सरकारको आर्थिक नीतिको समेत विरोध गरेका छन् ।

‘माफी प्रधानमन्त्री र उनका सहयोगी अमित शाहले माग्नुपर्छ’, गान्धीले थपे, ‘पहिला अर्थव्यवस्था हाम्रो शक्ति थियो, पहिला ९ प्रतिशत जिडिपी वृद्धि भएको थिए तर अहिले प्याज नियन्त्रणमा लिइएको छ ।’

राहुल गान्धीले शुक्रबार झारखण्डमा आयोजित चुनावी र्‍यालीमा ‘रेप इन इन्डिया’ भनेर मोदी सरकारको आलोचना गरेका थिए । उनको भनाइलाई लिएर सामाजिक सञ्जालमा व्यापक चर्चा भएको थियो ।

‘नरेन्द्र मोदीले भन्नु भएको थियो- मेक इन इन्डिया । तर अहिले कतै पनि मेक इन इन्डिया छैन, रेप इन इन्डिया छ’, चुनावी सभामा राहुलले भनेका थिए, ‘अबरबार हेर्नुस्, झारखण्डमा महिलामाथि बलात्कार भएको छ । उत्तर प्रदेशमा मोदीका विधायकले नै एक महिलालाई बलात्कार गरे तर बलात्कारपछि विधायकको गाडी दुर्घटना हुन्छ ।’

‘नरेन्द्र मोदी एक शब्द नि बोल्नु हुन्न । हरेक प्रदेशमा दिनदिनै रेप इन इन्डिया । मोदी जी भन्नु हुन्छ- बेटी बचाओ, बेटी पढाओ । मोदी जी तपाईंले कोबाट बचाउने भनेर बताउनु भएको छैन । बिजेपीले एमएलएबाट बचाउने हो ?’, राहुल भनेका थिए ।

राहुलको बयानप्रति केन्द्रीय मन्त्री स्मृति इरानीसहित कैयौं बिजेपी नेताले विरोध गरेका थिए ।

 

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय